कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरबदल
-आस्था न्यूज
मंसिर १३, २०७८ काठमाडौं ।
कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरिएको छ । उद्घाटन हुने मिति यथावत् राख्दै महाधिवेशनमा मनोनयनको तालिका फेर्ने निर्णय कांग्रेसका प्रमुख तीन नेताको बैठकबाट गरिएको हो ।
सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो ।
परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ । यस्तै, केन्द्रीय महाधिवेशनमा मंसिर २१ गते हुने भनिएको उम्मेदवारहरूको मनोनयन दर्ता मंसिर २५ गतेका लागि सारिएको छ ।
महाधिवेशन उद्घाटनको मिति भने नसारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
ुयसलाई महाधिवेशन सारिएको भन्न मिल्दैन, प्रविधिक रूपमा मिलाउनका लागि १५ गतेलाई १७ गते मनोनयन दर्ता हुने व्यवस्था मिलाउन मात्र लागिएको हो, संयोजक घिमिरेले भने, महाधिवेशनको तालिका परिवर्तन भएको छैन ।