ओलीका कारण घनश्याम, रावल र योगेशहरुको राजनीति संकटमाः पञ्चा सिंह
-आस्था न्यूज
मंसिर १३, २०७८ काठमाडौं ।
अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले केपी ओलीका कारण घनश्याम भुसाल र योगेश भट्टराईहरूको समेत राजनीति सङ्कटमा फसेको टिप्पणी गरेकी छिन ।
अखिल९क्रान्तिकारी०महेन्द्र रत्न बहुमुखी क्याम्पस समिति ईलामद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेतृ सिंहले समाजले आशा गरेका नेताहरू ओलीको पछि लाग्दा उनीहरूको राजनीति समेत जोखिममा परेको बताएकी हुन् ।
विद्यार्थी नेताहरू दिनेश पुन ,मदन भट्टराई र खगेन्द्र सुवेदी लगायतले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा उपस्थित सिंहले ओली नेतृत्वमा रहेको सरकार ढालेर उनलाई बालकोट र एमाले नेतृत्वमा रहेका प्रदेश सरकारहरू ढालेर साना ओलीहरूलाई पनि घर फिर्ता पठाइसकिएको भनाइ राखेकी थिइन् ।
आउने स्थानीय तहको निर्वाचनपछि देशभरका पालीका र वडाहरूबाट भुरे टाकुरे ओलीुहरुलाई समेत बिदा गरेर एमाले मुक्त मुलुक निर्माण गरिनेछ, नेतृ सिंहले अगाडी भनिन् ।