मंसिर १४,२०७८
-अस्था न्यूज
मंसिर १४, २०७८ काठमाडौं ।
नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।
चितवनमा भएको एमालेको १० औं महाधिवेशनबाट गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।
गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्माले समान १८०० मत पाएका छन्
लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।
छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।
प्रमुख समाचार