रसुवा काँग्रेस अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन
-आस्था न्यूज
मंसिर १५,२०७८ काठमाडौं ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रसुवामा भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोमबारदेखि सुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
काँग्रेस रसुवाको सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय पेम्बाछिरिङ तामाङ पुनः दोहोरिएका छन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् । त्यसैगरि उपसभापतिमा ओम प्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । जसमा प्रतिनिधिसभा सांसद ई। मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टि तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुषाल सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरि काँग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्याम कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिबमा राजु तामाङ र बिशाल घले सर्वसम्मत चयन भएका छन् ।
काँग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् भने उपसभापतिमा लाक्पा कामी तामाङ, सिंगी लामा, सचिवमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिवमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत चयन भएका छन् ।
प्रदेश सभा क्षेत्र नम्बर ९क०बाट प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुन राज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर बि।क।, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।
प्रदेश सभा क्षेत्र नम्बर ९ख० बाट प्रदेश प्रतिनिधिमा इश्वरलाल श्रेष्ठ, बुद्धि बहादुर ढकाल, सुनिल कुमार पौडेल, सुदर्शन कुमार पौडेल, निर्मल बिक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकर कुमार तामाङ, उदय लामा, बिद्या लक्ष्मि श्रेष्ठ, उचिमाया तामाङ, रमेश कुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर बिक सर्वसम्मत चयन भएका छन् ।