वर्तमान सरकार विदेशीको गुलामी बनेको सीपी मैनालीको आरोप

मंसिर १५,२०७८

-आस्था न्यूज

मंसिर १५, २०७८ काठमाडौं ।
नेकपा मालेका अध्यक्ष सीपी मैनालीले सरकार विदेशीको गुलामी बनेको आरोप लगाएका छन् । राप्रपाको केन्द्रीय नेतृत्व छान्न काठमाडौंमा जारी महाधिवेशनमा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन् ।
 
‘अवाञ्‍चित वाह्य प्रभाव र हस्तक्षेप भयो । तर, राजा महेन्द्रले बाह्य प्रभाव र हस्तक्षेप खारेज गरिदिनुभयो । सिंगो नेपाललाई भारतमा गाभिन नदिनबाट रोक्न राजा महेन्द्रले कदम चालेका हुन् । 
 
त्यसैकारण सीपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी मान्छ, उनले भने, ‘बाह्य प्रभाव र हस्तक्षपले हामीलाई कज्यायो । पछिल्लो सरकारहरु विदेशी प्रभावको विरुद्ध लडेनन्। वाह्य हस्तक्षेप अचाक्ली बढेको छ । बाहिरबाट चर्को हस्तक्षेप छ।