जनताको चाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा नेपालको जोड

मंसिर १५,२०७८

-आस्था न्यूज

मंसिर १५, २०७८ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताएका छन् ।
 
भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा तीनवटा ब्राण्ड रहेको भन्दै बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने दलहरू सकिने बताएका हुन् ।
 
आफूहरु परिवर्तनकामी रहेको भन्दै उनले हरेक क्रान्ति आन्तरिक कारण रहने गरेको बताए ।
 
राज्यका विभिन्न अंगमा विदेशीले हात हाल्न खोजिरहेको भन्दै पूर्वप्रधानमन्त्री नेता नेपालले जनताको चाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।
 
नेपाल हिन्दु र बौद्धधर्मको उद्गमथलो रहेको भन्दै उनले अहिलेसम्म नभएको जाति द्वन्द्व निम्त्याउन दिन नहुनेमा पनि जोड दिए ।