Trending :
 

सेन्चुरी बैंक:आर्थिक प्रसङ्ग

प्रमुख कार्यकारी अधिकृत श्री अनुज मणी तिमिल्सिनाज्यूको राजिनामा स्वीकृत

आश्विन ०२,२०७४

-

२,२०७४ आश्विन,काठमाडौँ-

सेञ्चुरी बैंकको मिति २०७४ आश्विन १ गते बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत श्री अनुज मणी तिमिल्सिनाज्यूको राजिनामा स्वीकृत गरेको छ र अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री जीवन भट्टराईज्यूलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ ।

कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुभएका श्री जीवन भट्टराई बैंक सञ्चालन हुनु पूवदेखि नै दोस्रो वरियताको रुपमा विगत ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत हुनुहुन्छ भने निजले व्यवस्थापनमा

Master in philosophsy र अर्थशास्त्र, जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर डिग्री हासिल गर्नुभएको छ र कानूनमा स्नातक समेत हुनुहुन्छ ।

श्री जीवन भट्टराईले विगतमा हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष कार्य गरी सेञ्चुरी बैंकमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्गमा कार्य अनुभव लिनुभएको छ ।

अधिवक्ता र अडिटर समेत रहेका श्री जिवन भट्टराई बैंक जनताको विश्वासमा चल्ने भएकोले नीति–नियम अन्र्तगत रही नियमनकारी निकायहरुको निर्देशनको पालना गर्दै पारदर्शीरुपमा चल्नु पर्दछ भन्ने मान्यता राख्ने बैंकरको रुपमा चिनिनुहन्छ ।

श्री जीवन भट्टराईलाई नयाँ बैंक स्थापना तथा सञ्चालन, ट्रेजरी व्यवस्थापन, समय सापेक्ष निक्षेप तथा कर्जा परिचालन गर्ने र सक्षम ल्भनयतष्बतयच को रुपमा सफल बैंकरको रुपमा मानिन्छ ।