कांग्रेस जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित

मंसिर १६,२०७८

-आस्था न्यूज

मंसिर १६, २०७८ काठमाडौं ।
कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो ।
 
समितिका सचिव जगन्नाथ श्रेष्ठले हाललाई ती जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने जानकारी दिए ।
 
उनका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । ६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ । अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगितगरिएको र अब केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने उनले बताए ।
 
कांग्रेसले विहीबार ७ वटै प्रदेशको अधिवेशन सुरू गर्दैछ । दिउँसो २ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक सातै प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
 
केन्द्रीय महाधिवेशन भने मंसिर २४ गतेबाट सुरु हुनेछ ।