Trending :
 

रेस्लिङ प्रतियोगिता खेल्न अमेरिकन महिला रेसलर जे सि स्ट्रोम नेपालमा

मंसिर १७,२०७८

-आस्था न्यूज

मंसिर १७,२०७८ काठमाडौं ।
अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता खेल्न अमेरिकन खेलाडी महिला रेसलर जे सि स्ट्रोम आज नेपाल आइपुगेकि छिन्। 
 
नेपाल महिला रेस्लिङ फाउण्डेसनको आयोजनामा आगामी शनिबार काठमाडौंको भृकुटीमण्डपमा अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता हुन लागेको हो ।
 
उनलाई अन्तराष्ट्रिय विमान स्थलमा आयोजक कमिटी अध्यक्ष भगवती खड्का लगाएतको टोलीले भब्य स्वागत गरेको छ। उनलाइ एयरपोर्ट नजिकैको सुविधा सम्पन्न होटलमा राखिएको छ।
 
शुक्रबार नै अन्य देशका रेस्लिङ खेलाडीहरु पनि काठमाडौं आइसकेका छन। उनिहरुलाई पनि सोही होटलमा राखिएको छ। नेपालमा अन्तराष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता ६ पटक भएपनि अमेरिकाबाट भने पहिलो पटक खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।
 
रेस्लिङ प्रतियोगिता हेर्नका लागि एकसय रुपैया देखि एक हजार रुपैयाँसम्मको टिकट काटेर हेर्न सक्ने व्यवस्था गरिएको छ । एक हजार रुपैयाको टिकट काट्नेले आरामदायी सिटमा बसेर हेर्न सक्नेछन् । टेलिभिजनबाट मात्रै हेर्दै आएका रेस्लिङ  फ्यानहरुलाई प्रत्यक्ष रुपमा खेल हेर्न सुवर्ण मौका हुनेछ । 
 
आयोजक कमिटीले समयमै टिकट लिएर आफ्नो सिट सुरक्षीत राख्न सबैलाई अनुरोध गरेको छ। विभिन्न देशका खेलाडीसँग नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन।
 
अमेरिकी खेलाडीहरुसँग भने नेपालकी चर्चित  रेस्लर अस्मिता (जुरेली) ले प्रतिस्पर्धा गर्ने जनाइएको छ । विजेताहरु मध्यबाट प्रतिस्पर्धा गरेर आउने एकजनालाई प्रथम घोषणा गरिने छ ।  
No description available.
 
No description available.