Trending :
 

बाजागाजा र दलबलसहित राप्रपा अध्यक्षमा थापा र लिङ्देनको उम्मेदवारी दर्ता

मंसिर १७,२०७८

-आस्था न्यूज

मंसिर १७, २०७८ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार थापा सहितका नेता-कार्यकर्ता बाजागाजासहित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । 
 
त्यसअघि नेता राजेन्द्र लिङ्देन पनि बाजागाजासहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार लिङ्देन सहितका नेता-कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा उम्मेद्वारी दर्ता गर्न पुगेका हुन् । 
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । राप्रपा एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।