नेपाली रेस्लर जुरेलीसँग अमेरिकी रेस्लर जेसी स्ट्रोम पराजित
-आस्था न्यूज
मंसिर १९, २०७६ काठमाडौं ।
नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिङ्गल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन्।
प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिङ्गल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन्। प्रतियोगितामा जितेपछि जुरेलीलाई समर्थकले ढाकाटोपी लगएर बधाई दिएका थिए ।
नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाईन्।
पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे। जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नाआएपछि जोर्डन ठागुसँग भिडेका हुन् ।
नेपाली महिला रेस्लरबीचको सिङ्गल फाइटमा सपना तामाङ विजयी भइन्। सपनाले जमुना तामाङलाई पाखा लगाईन् पुरुष सिंङ्गल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित निकाले। एक दिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका खेलाडी सहभागी थिए ।
विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, नेपालका चर्चित रेस्लर भरतबहादुर विसुराल ९हिमालयन टाइगर०, आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्का लगायतले पुरस्कार प्रदान गरेका थिए ।