Trending :
 

भारतमा सेनाको हेलिकप्टर दुर्घटनाः चार जनाको मृत्यु

मंसिर २२,२०७८

-आस्था न्यूज

मंसिर २२, २०७८ काठमाडौं ।
भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई-१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए । 
 
हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानकारी दिइएको छैन ।
 
अल इन्डिया रेडियोका अनुसार रक्षामन्त्री राजनाथ सिंहले घटनाबारे संसद्लाई जानकारी दिनेछन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।