Trending :
 

सर्वोच्चमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा होः एमाले उपमहासचिव ज्ञवाली

मंसिर २३,२०७८

-आस्था न्यूज

मंसिर २३, २०७८ काठमाडौं ।
नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका छन् ।
 
बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिएका हुन् ।
 
‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला’ उनले भने, ‘कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला ।’
 
अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले छद्मयुद्ध लडेको पनि ज्ञवालीले बताए । अहिलेको आन्दोलनबाट न्यायालय सुधार नहुने पनि उनले बताए ।