Trending :
 

कांग्रेस महाधिवेशनमा पेस हुने राजनीतिक र आर्थिक प्रतिवेदन पारित

मंसिर २३,२०७८

-आस्था न्यूज

मङ्सिर २३,२०७८ काठमाडौं ।
 
नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले १४ औं महाधिवेशनमा पेस हुने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
 
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
 
प्रवक्ता शर्माका अनुसार राजनीतिक, आर्थिकसँगै बैठकले सांगठनिक प्रतिवेदनसमेत पारित गरेको छ । बैठकमा पेश भएको सांगठनिक प्रतिवेदन केही रायसहित पारित भएको शर्माले बताउनुभयो ।
 
बैठकमा कोषाध्यक्षको तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेश भएको छ । प्रतिवेदनमा कांग्रेससँग १० करोड बढी रकम कोषमा रहेको उल्लेख छ । त्यसैगरी बैठकले नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदनसमेत पारित गरेको छ । प्रवक्ता शर्माका अनुसार विधानको परिमार्जन, संशोधन लगायत विषयलाई बैठकले अनुमोदन गरेको छ ।