माओवादी प्रदेश पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय
-आस्था न्यूज
मङ्सिर २३,२०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश समिति पदाधिकारिको सङ्ख्या बढाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय परिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यसअघि सात पदाधिकारीमा थप गरि नौ जना राख्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।
प्रवक्ता महराका अनुसार एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव एक जना सहसचिव तीन जना र एक जना कोषाध्यक्ष रहने छन् ।
यसैगरी बैठकले प्रदेश समितिको सङ्ख्यासमेत बढाएको छ । यसअघि १७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर सङ्ख्या थप गर्ने निर्णय भएको हो ।
अब प्रदेश १ मा २५९, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय प्रदेश समिति बन्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।
यसैगरी, यही मङ्सिर २५ गते माओवादी केन्द्रले प्रदेश सम्मेलन आयोजना गरेको छ ।