Trending :
 

भृकुटीमण्डपमा कांग्रेस १४औं महाधिवेशनको चहलपहल, प्रतिनिधि जम्मा हुँदै

मंसिर २४,२०७८

-आस्था न्यूज

मंसिर २४, २०७८ काठमाडौं ।
काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ । केहीबेरमा महाधिवेशनको उद्घाटन समारोह हुनेछ । यतिबेला भृकुटीमण्डपमा प्रतिनिधिहरू आउने क्रम जारी छ ।
 
महाधिवेशनको सुरक्षाका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । कांग्रेसले कोरोना संक्रमणलाई मध्यनजर गर्दै महाधिवेशनमा काठमाडौं उपत्यकाबाहिरबाट मानिस नल्याउने भएको छ । त्यस्तै उद्घाटन समारोहअगाडि र्‍याली पनि ननिकालिने कांग्रेसले जनाएको छ ।
 
महाधिवेशनस्थलमा मास्क अनिवार्य गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
 
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिइएको झोलामा १० वटा मास्क पनि उपलब्ध गराइएको छ । मास्क नलगाई आउनेलाई मास्क लगाउन आग्रह गरिने पनि शर्माले बताए । मास्क लगाएकोरनलगाएको बारे प्रहरीले अनुगमन गर्ने पनि शर्माले बताए ।१४औं महाधिवेशनमा करिब ४६ सय प्रतिनिधि सहभागी हुनेछन् ।