Trending :
 

कांग्रेस महाधिवेशनको बन्द सत्र शुक्रवारदेखि नै

मंसिर २४,२०७८

-आस्था न्यूज

मंसिर २४, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको बन्द सत्र आज शुक्रवारदेखि नै सुरु हुने भएको छ । 
 
काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि सुरु गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 
 
महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्द सत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताउनुभयो । 
 
बन्द सत्र भृकुटीमण्डपमा रहेको प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।