Trending :
 

युवराज न्यौपानेले कांग्रेस सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिए, कोइरालालाई समर्थन

मंसिर २६,२०७८

-आस्था न्यूज

मंसिर २६,२०७८ काठमाडौं ।
कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले फिर्ता लिएका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई उनले समर्थन गर्ने भएका छन् ।
 
आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरुलाई कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको न्यौपानेले पत्रकार सम्मेलन मार्फत जनाएका हुन् ।
 
न्यौपानेको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ छन् ।