Trending :
 

एमाले नेताको वरियताक्रम निर्धारणः ओली र पोखरेलपछि थापा तेस्रो र पौडेल चौथो वरियतामा

मंसिर २६,२०७८

-आस्था न्यूज

मंसिर २६,२०७८ काठमाडौं ।
नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली परेका छन् । 
 
त्यस्तै ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहेकी छन् भने रामबहादुर थापा तेस्रो र विष्णु पौडेल चौथो वरियतामा छन् ।
 
पौडेल पछिको वरियतामा सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे छन् । त्यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिव प्रदीप ज्ञवाली पहिलो वरियतामा रहँदा पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाल तेस्रो वरियतामा छन् ।
 
यस्तो छ बरियताक्रमः 
अध्यक्षः केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल
उपाध्यक्षः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे  
महासचिवः शंकर पोखरेल
उपमहासचिवः प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल  
सचिवः टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल