Trending :
 

कांग्रेसको मतदान प्रक्रिया राती ९ बजेसम्म थप

मंसिर २७,२०७८

-आस्था न्यूज

मंसिर २७, २०७८ काठमाडौं।
 
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया राति ९.०० बजेसम्म कायम हुने जानकारी दिएको छ ।
 
निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता तेजनारायण रावलका अनुसार आज बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका तय गरेको थियो । तर, निर्धारित सम्ममा मतदान प्रक्रिया नसकिएपछि समय थप गरिएको हो ।