Trending :
 

गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रचण्डको भनाई

मंसिर २८,२०७८

-आस्था न्यूज

मंसिर २८, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रष्ट पारेका छन् ।
 
मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले यथास्थितिमा एमसीसी पास नहुने अडान पनि दोहोर्‍याएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए । बैठकले सर्वदलीय बैठक डाकेर संसद अवरोध हटाउन पहल गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।
 
संसद बैठक शुरू हुनअघि बसेको बैठकले माओवादीको २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।
 
बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।