"मार्जिन कल "को खबरले नेप्सेमा अस्वभाबिक उछाल , कारोबार भने न्यून !

६ अंकले नेप्से बढेसंगै बजार बन्द l

मंसिर २८,२०७८

-पारस पोखरेल

लगातार ओरालो लागेको शेयर बजार मंगलबार अप्रत्यासित र अस्वभाबिक रुपले बढेको छ l सोमबार करीब ४  अरबको कारोबार भई ७९ .२३ अंकले घटेको नेप्से आज भने बजार खुलेको २ घण्टा नबित्दै  करीब डेढ अरबको कारोबारमै  सकारात्मक सर्किट लाग्न पुग्यो l ४० मिनेटको बजार बन्द पछि पुन : खुलेको बजार ६ प्रतिशतले बढेपछि मंगालबारको दिनको लागि नेप्से बन्द भएको छ l

 

लामो समय देखि लगातार घटिरहेको  नेप्से मंगलबार एक्कासी बढ्नुको पछाडी ठुला लगानीकर्ताको चलखेल भएको बुझिएको छ l बैंकहरुले शेयर धितो राखेर ऋण लिएकाहरुलाई यहि शुक्रबार मार्जिन कल गर्न लागेको हुदा त्यसबाट बच्न अस्वभाबिक रुपले बजार बढाई शेयरको मुल्य बढाउन ठुला शेयर ऋणीहरुको समुह लागि परेको र यस्तो आर्टिफिसियल ग्रोथ दिगो नहुने शेयर कारोबारी स्वयम र बैंकरहरुको समेत बुझाई रहेको पाईएको  छ l यसले साना लगानी कर्तालाई मर्कामा पार्ने हुदा होशियार भएर कारोबार गर्नुपर्ने देखिन्छ l  

 

मंगलबार नेप्से सूचक ६ अंकले बढ्दा ४३ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ l करीब ३०० अंकले लगातार ओरालो लागेको नेप्से मंगलबार १३७.१८  अंकले बढेको छ l यस संगै नेप्से २४१८.८४ मा उक्लिएको छ l आज २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयामा कारोबार भएको छ l