Trending :
 

पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्यः गगन थापा

मंसिर २८,२०७८

-आस्था न्यूज

मंसिर २८, २०७८ काठमाडौं ।
नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी गगन थापाले राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र कांग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।
 
सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुने भएपछि थापाले अपिल जारी गरेका हुन् ।
 
उनले अपिलमा महाधिवेशन लगत्तै तीन तहको निर्वाचनमा होमिनुपर्ने भएको हुँदा पार्टीले एक्लै जित्ने बनाउन लाखौं मतदातालाई आकर्षित गर्न सक्नुपर्ने अवस्था रहेको र त्यसका लागि नयाँ उत्साह र जागरण आवश्यक रहेको बताएका छन् । 
 
हामीले आज त्यो उत्साहको सञ्चार गर्न सक्नैपर्छ संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीको विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त? हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ, अपिलमा भनिएको छ ।