कांग्रेस सभापति पदको दोस्रो चरणको मतदान सम्पन्न, मतगणना राति नै
-आस्था न्यूज
मंसिर २८, २०७८ काठमाडौं ।
सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ ।
मतदान सकिएकोले १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो ।
सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा भने देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाए ।