Trending :
 

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

मंसिर २९,२०७८

-आस्था न्यूज

मंसिर २९, २०७८ काठमाडौं । 
 
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराएको छ । गएराति भएको खेलमा सिटीका लागि केभिन डि ब्रुएइनले दुई  र अन्य पाँच जना खेलाडीले एकरएक गोल गरे ।
 
सिटीले यो सिजनमा पहिलोपटक कुनै पनि टिमलाई सात गोल हानेको रेकर्ड पनि बनाएको छ । जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ ।  सिटीको ४१ र लिभरपुलको ३७ अंक छ । गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २-० गोलले हराएको छ ।