Trending :
 

दोस्रो कार्यकालका लागि सभापति देउवालाई प्रचण्डको बधाई

मंसिर २९,२०७८

-आस्था न्यूज

मंसिर २९,२०७८ काठमाडौं ।
नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
 
उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
 
प्रधानमन्त्री देउवा कांग्रेसको १४औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।