Trending :
 

मिनेन्द्र रिजालले रक्षमन्त्रीबाट राजीनामा दिए

पौष ०१,२०७८

-आस्था न्यूज

पुस १, २०७८ काठमाडौं ।
डा. मिनेन्द्र रिजालले रक्षमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले राजीनामा पत्र बुझाएका छन् ।
 
कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका डा. रिजालले महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटसमेत राजीनामा दिएका हुन् ।
 
मतगणना सुरु भएको केही घण्टामै डा. रिजालले राजीनामा दिने घोषणा गरेका थिए । उनी सभापतिमा पराजित डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । उनले महामन्त्रीमा विजयी गगन थापा र विश्वप्रकाश शर्मालाई बधाइ दिएका छन् ।