Trending :
 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २०२५ मतदाताको नामावली स्वीकृत

पौष ०१,२०७८

-आस्था न्यूज

पुस १, २०७८ काठमाडौं ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले २०२५ जनाको मतदाता नामावली विहीबार स्वीकृत गरेको छ । आगामी माघ १२ गते हुने चुनावका लागि प्रदेश सभा सदस्य ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जनाको नाम स्वीकृत भएको हो ।
 
निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदान स्थल र अन्य ६ वटा प्रदेशमा १र१ वटा मतदान स्थलभित्र २र२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् । 
 
प्रदेश नं. १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, बिराटनगर र प्रदेशसभा सदस्यहरूका लागि वाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदान स्थल तोकिएको छ ।