Trending :
 

गैरसरकारी संस्थाहरूमा सरकारले कुनै हस्तक्षेप गर्दैन, आवश्यक सुरक्षा दिन्छः गृहमन्त्री

पौष ०२,२०७८

-आस्था न्यूज

पुस २, २०७८ काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
 
गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
 
उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पार्नु भयो । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरूमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाई थियो ।
 
गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरूले कोरोना सङ्कट, बाढी, पहिरोलगायतका प्राकृतिक विपद्मा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । उनले गैर सरकारी संस्थाहरूको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए ।