Trending :
 

ट्विटरलाई १ लाख ३६ हजार डलर जरिवाना

पौष ०२,२०७८

-आस्था न्यूज

पुस २, २०७८ काठमाडौं ।
रुसको अदालतले ट्विटरलाई १ लाख ३६ हजार १७३ अमेरिकी डलर बराबरको जरिवाना सुनाएको छ । रुसले प्रतिबन्ध लगाएको सामग्री नहटाएको भन्दै मस्को अदालतले बिहीबार सजायस्वरुप सो रकम बराबरको जरिवाना सुनाएको हो ।
 
अश्लिल सामग्री, लागुऔषध सूचनाको दुरुपयोग र अल्पसंख्यक मानिसलाई आत्महत्या गर्न उक्साएको भन्दै रुसले गत मार्च महिनादेखि ट्विटरको गति कम बनाएको छ । रुसले यस्ताखाले सामग्रीलाई अवैध ठहर गर्दै ती सामग्रीलाई हटाउन चेतावनी समेत दिएको थियो । रुसले अवैध ठानेका सामग्री हटाउन ट्विटर असमर्थ भएको भन्दै सो रकम जरिवाना सुनाएको बताइएको छ ।
 
अन्र्तराष्ट्रिय प्रविधि कम्पनीविरुद्ध रुसले सुनाएको सो सजाय सम्भव त नयाँ भएको अन्र्तराष्ट्रिय मिडियामा खबर छ । यद्यपि, ट्विटरले भने मस्को अदालतले सुनाएको फैसलाबारे कुनैपनि प्रतिक्रिया नदिएको बताइएको छ ।