Trending :
 

युरोपेली सुपरमार्केटमा ब्राजिलबाट आयात हुने गाईको मासुमा प्रतिबन्ध

पौष ०२,२०७८

-आस्था न्यूज

पुस २, २०७८ काठमाडौं ।
युरोपेली सुपरमार्केटहरुले गाईको मासुमाथि प्रतिबन्ध लगाएका छन् । वन विनाशको कारण देखाउँदै विभिन्न ६ वटा युरोपेली सुपरमार्केटले ब्राजिलबाट आयात हुने गाईको मासुमाथि प्रतिबन्ध लगाएका हुन् ।
 
वन जंगलसँग गाई तथा अन्य वस्तुभाउको प्रत्यक्ष सम्बन्ध मानिन्छ । गाई तथा गाईको मासुबाट उत्पादन हुने सामग्री खरिद विक्रीमा रोक लगाउँदा अमेजनको रेनफरेस्ट विनाश हुनबाट जोगिने भन्दै सो प्रतिबन्ध लगाउने निर्णय गरिएको अधिकारीहरुले बताएका छन् ।
 
दक्षिण अमेरिकाबाट हुने गाईको मासु खरिदमा सन् २०२२ को सुरुवातदेखि नै प्रतिबन्ध लगाउने बताइएको छ । सो प्रतिबन्धलाई प्रभावकारी बनाउन विभिन्न निगरानी गरिने समेत बताइएको छ ।
 
करिब १४ हजारभन्दा बढि ढुवानीकर्ताले दक्षिण अमेरिकाबाट गाई र गाईको मासु वैधानिक र अवैधानिक रुपमा युरोपेली र अमेरिकी मुलुकमा पठाउने गरेको बताइएको छ ।
 
अमेजन रेनफरेस्ट विनाश हुँदै गएको र सन् २०२१ मा मात्र सो जंगल १५ वर्षयताकै उच्च विनाश भएको तथ्यांकले देखाएको छ । एजेन्सी