Trending :
 

कांग्रेस सहमहामन्त्रीमा मुस्लिमतर्फ मन्सुर र खसःआर्यतर्फ राठौर निर्वाचित

पौष ०२,२०७८

-आस्था न्यूज

पुस २, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी हुनुभएको छ ।
 
सह–महामन्त्रीमा चार हजार ६ सय ८६ मत खसेकोमा मन्सुरले दुई हजार सात सय ७६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी वकिल शेखले नौ सय पाँच मतले कम अर्थात् एक हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।  
 
सहमहामन्त्रीमा निर्वाचित मन्सुर सभापति शेरबहादुर देउवा समूहबाट र शेख डा. शेखर कोइराला समूहबाट उम्मेदवार बन्नुभएको हो ।
 
समितिका अनुसार किशोरसिंहले २५७६  मत पाए भने देवराजले २५५९ मत ल्याए ।
 
यस्तै खसःआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी हुनुभएको छ । राठौरले दुई हजार पाँच सय ७६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गर्नुभयो । किशोरसिंहले देउवा र देवराजले कोइराला समूहबाट उम्मेदवार बन्नुभएको हो । 
 
कांग्रेसका आठ वटा सहमहामन्त्री पदमध्ये अब तीन वटा क्लस्टरका सहमहामन्त्रीको मतगणनाको परिणाम आउन बाँकी छ । 
 
यसअघि हिजो बिहीवार सहमहामन्त्रीमा महिला खुलातर्फ डिना (महालक्ष्मी)उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ ।