Trending :
 

राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने सहमति भैसक्योः नेपाल

पौष ०५,२०७८

-आस्था न्यूज

पुस ५, २०७८ काठमाडौं ।
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकोले गठबन्धन राजनीति अघि जाने बताएका छन् ।
 
समाजवादी प्रेस संगठनले सोमबार पुस ५ को सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनमा यस विषयमा छलफल भइरहेको बताए ।
 
ुराष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने हाम्रो सहमति भइरहेको छ नेपालले भने, आगामी चुनावमा कसैले पनि बहुमत आउँदैन । त्यसैले गठबन्धनको सरकार लामो समयसम्म चल्ने छ । यस विषयमा पनि गठबन्धनभित्र छलफल भएको छ ।
 
एमाले अध्यक्ष ‌ओलीको चर्को आलोचना गर्दै अध्यक्ष नेपालले भने, ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ ।