नेप्से सोमबार पनि १७ अंकको गिरावट

पौष ०५,२०७८

-आस्था न्यूज

पुस ५, २०७८ काठमाडौं ।
सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो । 
 
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो । 
 
त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप–सचूक ऋणात्मक भएका छन् । 
 
यस दिन कुल २३१ कम्पनीको ५४ करोड ३९ हजार कित्ता सेयर ३७ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।