Trending :
 

होन्डुरसमा पहिलो महिला राष्ट्रपति निर्वाचित

पौष ०६,२०७८

-आस्था न्यूज

पुस ६, २०७८ काठमाडौं ।
होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रपति निर्वाचित भएको जानकारी दिएको छ। होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएकी हुन् ।
 
यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । 
 
उनले निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी थिइन् । उनी होन्डुरसका पूर्व राष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डुरसकी पहिलो महिला राष्ट्रपति समेत हुनेछिन् । -सिन्ह्वा