Trending :
 

एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट २ वटा अध्यादेश स्वीकृत

पौष ०६,२०७८

-आस्था न्यूज

पुस ६, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बीच प्रतिनिधिसभाको मंगलबार बसेको  बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ । 
 
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्विकृत गरिएको हो ।
 
बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए ।  तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो ।  सो अध्यादेश स्विकृत भएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।