शक्तिशाली भूकम्प:
आश्विन ०४,२०७४
-
४ आश्विन,काठमाडौँ-
मेक्सिको फेरि ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् ।
अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।
भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।
मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।
यसै महिनामा देशको दक्षिणी भागमा ८.१ रेक्टर स्केलको भूकम्पगएको थियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार