भारतको अदालतभित्र बिस्फोटः दुईको मृत्यु, ४ जना गम्भीर घाइते

पौष ०८,२०७८

-आस्था न्यूज

पुस ८, २०७८ काठमाडौं ।
भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ । बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यसमा ४ जना गम्भीर रुपमा घाइते छन् ।
 
यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो । बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो । भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ । घटनास्थलमा उपस्थितले सिलिन्डर पड्किएको आशंका जताएका थिए ।
 
प्रहरी र प्रशासनका अधिकारीले हाल बिस्फोटबारे कुनै बयान दिएका छैैनन् । वकिलहरुको हड्तालका कारण साधारण दिनको तुलनामा बिहिबार यहाँ कम भीड थियो ।