आश्विन ०४,२०७४
-
४ आश्विन काठमाडौं-
अखिल नेपाल कबड्डी संघले बिहीबारबाट प्रथम पुरुष अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिता गर्ने भएको छ ।
दशरथ रंगलाशाला कभर्ड हलमा हुने प्रतियोगिता ३ दिनसम्म चल्नेछ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने संघकी अध्यक्ष तुलसी थापाले बताइन् । प्रतियोगितामा नेपाल, बंगलादेश र श्रीलंकाको राष्ट्रिय टोलीले सहभागिता जनाउँछन् भने भारतले दोस्रो रोजाइको टोली उतार्नेछ।
‘अन्तर्राष्ट्रिय जगतलाई नेपालमा पनि कबड्डी खेल खेलिन्छ भनेर सन्देश दिनका लागि यो प्रतियोगिता गरिएको हो,’ थापाले भनिन्, ‘नेपालकै पुरानो खेलमध्येमा पर्ने यो खेलको लोकप्रियता बढ्दो क्रममा छ ।’
प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा हुनेछन्, जहाँ प्रत्येक टोलीले एकआपससँग प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिनपछि शीर्ष स्थानमा रहने टोली नै प्रतियोगिताको विजेता हुनेछ ।
प्रमुख समाचार
सम्वन्धित समाचार