प्राधिकरणको सहायक कम्पनीलाई बिजुली व्यापारको अनुमति

पौष ०९,२०७८

-आस्था न्यूज

पुस ९, २०७८ काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई सरकारले बिजुली व्यापारको लागि  अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सरकारले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई इजाजत दिएको हो ।
 
उर्जामन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एनपीटीसीलाई अनुमति दिइएको जानकारी दिइन् ।
 
चाँडै निजी क्षेत्रलाई पनि यस्तो लाइसेन्स दिइने मन्त्री भुसालले बताइन् । विद्युत् व्यापार कम्पनी स्थापनाका लागि अहिलेको कानुनी व्यवस्था स्पष्ट छैन । त्यस्ता कम्पनीलाई कुन निकायले इजाजत दिने र नियमन गर्ने भन्ने विषयमै अन्योल थियो । ऊर्जा मन्त्रालयले प्राधिकरणको सहायक कम्पनी मात्र नभई निजी क्षेत्रलाई पनि यस्तो इजाजत दिन सकिने बताउँदै आएको छ । तर त्यसको कानुनी आधार बनिनसकेका कारण मन्त्रिपरिषद्को विशेष अधिकारबाट इजाजत दिइएको हो ।
 
 
प्राधिकरणले आफ्नो सहायक कम्पनीका रूपमा एनपीटीसीलाई २०७३ फागुन २४ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको थियो । कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको यो कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व प्रस्ताव गरिएको छ । त्यस्तै, विद्युत् उत्पादन कम्पनी लिमिटेड ९भीयूसीएल० र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड ९आरपीजीसीएल० को समान १७ प्रतिशत तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी ९एचआईडीसीएलको० १५ प्रतिशत सेयर रहने गरी यो कम्पनी स्थापना गर्न लागिएको छ ।