ए डिभिजन लिगः मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा

पौष १०,२०७८

-आस्था न्यूज

पुस १०,२०७८ काठमाडौं । 
 
सुनिल बलले इन्जुरी टाइममा गोल गरेपछि साविक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई १(० ले पराजित गरेको छ ।
 
खेलको इन्जुरी समयमा सुनिलले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि मछिन्द्रले विजयी भएको हो । जितपछि मछिन्द्र मनाङलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै मछिन्द्रले सातौं चरणपछि एएफसी कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ ।
 
जितपछि मछिन्द्र ६ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । यस सिजन पहिलो हार व्यहोरेकव मनाङ ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ ।
 
मनाङका ओलावाले आफिज प्रतिबन्धमा परेपछि मछिन्द्र विरुद्ध खेल्न पाएनन् । विमल राना र दीपक राई पहिलो रोजाइमा खेलेका थिए ।
 
उता मछिन्द्रका कप्तान सुजल पहिलो रोजाइमा फर्किँदा फरवार्ड विमल राना मगरले पनि पहिलो रोजाइमै खेले । अघिल्लो खेलमा पूर्ण फिट नरहेका डिफेण्डर रन्जित धिमालले मनाङ विरुद्ध १८ मिनेट मात्र खेले ।
 
खेलको पहिलो १० मिनेट मनाङले मछिन्द्र माथि पूरै दबाब बनाएको थियो । त्यसपछि पनि मनाङले खेलमा पकड कायम राख्यो । मछिन्द्र भने काउन्टरमा गोल गर्ने रणनीतिमा देखिन्थ्यो ।
 
पहिलो हाफमा दुवै टोलीले गोलको अवसर बनाउन सकेनन् । खेलमा मछिन्द्रले ३९ औं मिनेटमा राम्रो बनाएको थियो । सुनिल बलको क्रसमा मनाङका प्रवेश कुँवर र दिनेश राजवंशी बिट भइसकेको अवस्थामा नुर्लान नोभ्रुजोभले पेनाल्टी बक्स भित्रबाट दोस्रो बार च्याप्द‌ हानेको प्रहार थोरैले मात्र बाहिर जाँदा मछिन्द्रले अग्रता लिने अवसर गुमायो ।
 
पहिलो हाफमा मनाङका कप्तान अञ्जन विष्ट र एडेलाजा सोमिडेको प्रहार फ्रेममा पर्न सकेन ।
 
दोस्रो हाफमा भने मछिन्द्रले सुधारिएको प्रदर्शन गर्दै मनाङमाथि दबाब बनाएको थियो । मछिन्द्रका सुनिल बलले ६४ औं मिनेटमा हानेको पावरफुल सट मनाङका गोलकिपर विशाल सुनारले बचाएका थिए ।