रामेछापको खाँडादेवी गाउँपालिकामा एकिकृत समाजवादीको संगठन विस्तार
-आस्था न्यूज
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ९ पिङखुरीमा वडा संगठन कमिटी गठन गरिएको छ ।
पार्टीका पोलिटव्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलको प्रमुख आतित्थ्यतामा भएको कमिटीको अध्यक्षमा चुडाराज भण्डारी, उपाध्यक्षमा शन्त तामाङ, सचिवमा राम बल, उपसचिवमा धनलाल घिसिङ सहित २५ सदस्यीय कमिटी गठन गरिएको हो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामेछाप–काठमाण्डौ सम्पर्क मञ्चद्धारा आयोजित कार्यक्रममा खाँडादेवी गाउँपालिका तथा दोरम्बा गाउँपालिकाका विभिन्न पार्टीमा आवद्ध ४४ जना पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामेछाप भिरपानी-काठमाण्डौ सम्पर्क मञ्च गठन गरिएको छ । राजु घिसिङको अध्यक्षतामा ३१ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको हो ।
आजै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामेछाप चिसापानी–काठमाण्डौ सम्पर्क मञ्च गठन गरिएको छ । सुभाष कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको एकिकृत समाजवादी रामेछापका जिल्ला सचिव लालसिंह घिसिङले जानकारी दिए ।