Trending :
 

माओवादीलाई सीपी मैनालीको प्रश्न-राष्ट्रिय जनक्रान्ति गर्ने बाटो कुन हो?

पौष ११,२०७८

-आस्था न्यूज

पुस ११, २०७८ काठमाडौं ।
नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय जनक्रान्ति गर्ने नेपाली मौलिक बाटो कुन हो भनेर नेकपा माओवादी केन्द्रलाई प्रश्न गरेका छन् । 
 
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै मैनालीले पटक पटक व्यवस्था बदलियौं तर अवस्था बदलिन सकेन भनेर जनताले भन्ने गरेको प्रसंग उल्लेख गरे ।
 
उनले भने, ‘इतिहासले विगतका हाम्रा आन्दोलनलाई जनताको अधिकार प्राप्तिको नाममा हुने गरेको प्रयोगशालामा मात्र सीमित गरिदिने त होइन?’  जनताको अधिकार जति बढाएजस्तो लागे पनि हामीलाई किन बाह्य हस्तक्षेप झन् झन् बढेजस्तो लागिरहेको छ भन्ने प्रश्नसमेत उनले गरे । 
 
उनले कम्युनिस्ट आन्दोलनका विविध पक्षका विवरण प्रस्तुत गर्नुभन्दा यस्ता प्रश्नको जवाफ खोज्दै महाधिवेशन सफल रुपमा सम्पन्न होस् भन्ने कामनासमेत गरे ।