Trending :
 

माओवादी महाधिवेशनः आजदेखि बन्दसत्र

पौष १२,२०७८

-आस्था न्यूज

पुस १२, २०७८ काठमाडौं ।
काठमाण्डौमा हिजोदेखि सुरु भएको नेकपा ९माओवादी केन्द्र०को आठौँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।
 
प्रज्ञा भवन कमलादीमा ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादीले  जनाएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ ।
 
बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।
 
माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।