Trending :
 

प्रचण्डको प्रतिवेदनमा राम कार्कीको पूरक प्रस्ताव पेश

पौष १३,२०७८

-आस्था न्यूज

पुस १३, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता राम कार्कीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव पेश गरेका छन् ।
 
क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गर्दै कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउनुहुँदैन ।
 
दलाल पूँजीवाद समाप्त गरेर राष्ट्रिय पूँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको पनि उल्लेख गरेका छन् ।