Trending :
 

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदनमाथि बुधबार दिउँसोसम्म समूहगत छलफल सकिने

पौष १३,२०७८

-आस्था न्यूज

पुस १३, २०७८ काठमाडौं ।
माओवादी केन्द्रले संविधानको व्यवस्थाअनुसार सबै समूहहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने भएको छ । 
 
महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको स्थायी समिति बैठकले युवा, महिला, मुस्लिम, आदिवासी जनजाति लगायतको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने समझदारी भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
 
अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि भइरहेको समूहगत छलफलमा केन्द्रीय नेताहरू पनि सहभागी भएर सहजीकरण गर्ने उनले बताए ।
 
सम्मेलनको समूहगत छलफल बुधबार दिउँसो १ बजेसम्म सक्ने र त्यसपछि बन्द सत्रमा सुझावहरू पेस गर्दै आउँदो १६ गते महाधिवेशनका सबै काम पूरा गर्ने उनले जानकारी दिए ।