Trending :
 

माधव नेतृत्वको एकीकृत समाजवादी र जनवादी पार्टी एकीकरण

पौष १३,२०७८

-आस्था न्यूज

पुस १३, २०७८ काठमाडौं ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएका छन् । 
 
राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएका थिए । 
 
आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका  थिए । एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । 
 
नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका हुन् । केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घोषणा गरेका थिए ।