इंग्लिस प्रिमियर लिग फुटबलः लिभरपुल लेस्टरसँग पराजित

पौष १४,२०७८

-आस्था न्यूज

पुस १४, २०७८ काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ । मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १(० ले पराजित भएसँगै लिभरपुलले हार बेहोरेको हो । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानको गोलबाट सिटीले अग्रता बनाएको थियो ।
 
बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । पराजित  लिभरपुल १९ खेलबाट ४१ अङ्कका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अङ्कका साथ तालिकाको नवौं स्थानमा रहको छ । 
 
अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४-१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३-० गोल अन्तरले पराजित  गर्दा साउथह्याम्पटन र टोटनह्यामले  १-१ गोलको बराबरी खेले ।