Trending :
 

देशद्रोही समाचार प्रकाशित गरेको आरोपमा स्ट्याण्ड न्युजका सात पत्रकार पक्राउ

पौष १५,२०७८

-आस्था न्यूज

पुस १५, २०७८ काठमाडौं ।
हङकङको सञ्चार संस्था स्ट्याण्ड न्युज बन्द भएको छ ।
 
प्रहरीले छापा मारेर पत्रकारसहित शीर्ष कर्मचारीलाई गिरफ्तार गरेपछि स्ट्याण्ड न्युजले आफ्नो सेवा बन्द गरेको हो ।
 
प्रहरीले स्ट्याण्ड न्युजका सातजना पत्रकारलाई पक्राउ गरेको छ । देशद्रोही समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
 
हिजो स्ट्याण्ड न्युजको कार्यालयमा छापा मार्न २ सय जनाभन्दा धेरै प्रहरी पुगेको अन्तर्राट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।