Trending :
 

माओवादीमा नेतृत्व चयन सर्वसम्मति हुन नसके निर्वाचन प्रक्रिया अघि बढ्ने

पौष १५,२०७८

-आस्था न्यूज

पुस १५, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा पेश भएको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा भएको छलफल र सुझाव पेश गर्ने क्रम जारी छ ।
 
पुस ११ देखि १५ गते बिहीबारसम्ममा सम्पन्न हुने भनिएको माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा हालसम्म २२ वटा समूहबीचको छलफल सकिएको देव गुरुङले जानकारी दिए ।
 
पार्टीका आयोगका सदस्यहरुको छलफलको जिम्मेवारी पाएका विष्णुपुकार श्रेष्ठले महाधिवेशनको समय भोलि शुक्रबारसम्म लम्बिन सक्ने पनि बताए।
 
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी रहेको महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले २१ औं शताब्दीको समाजवादमा आधारित वैचारिक तथा राजनीतिक विभिन्न एजेण्डा, विषय र कार्यदिशा प्रस्तुत भएको छ । बन्दसत्रमा २५ वटा समूहगत छलफल पश्चात् विभिन्न टोली नेताहरुले राजनीतिक प्रतिवेदनमाथि सुझाव पेश गरिरहेका छन् ।
 
माओवादी केन्द्रको सबै समूहको छलफल र सुझाव पेश हुने र राजनीतिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ । नेतृत्व चयन सर्वसम्मति हुन नसके निर्वाचन प्रक्रिया अघि बढ्ने श्रेष्ठले बताए।